प्रचण्डद्वारा सिर्जना पार्कको अवलोकन

लाेकपाटी न्यूज

उर्लाबारी, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिर्जना पार्कको अवलोकन गरेका छन् ।उनले मंगलबार बिहान मोरङको बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुदायिक वनमा निर्माणाधीन सिर्जना पार्कको अवलोकन गरेका हुन् ।

नेपालसहित छ वटा देशका मूर्तिकारले निर्माण गरिरहेका ढुङ्गाका कलात्मक मूर्ति हेर्दै अध्यक्ष दाहालले ढुङ्गाबाट समेत समृद्धि आउँदो रहेछ भने । उनले निर्माण भइरहेको पार्कका विषयमा जानकारी लिएका थिए । ढुङ्गाका विभिन्न कलात्मक मूर्तिसँग फोटो खिच्दै उनले पार्कलाई प्राकृतिक खालको बनाउनसमेत सुझाव दिए ।

उनले मंगलबार बिहान मोरङको बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुदायिक वनमा निर्माणाधीन सिर्जना पार्कको अवलोकन गरेका हुन् । नेपालसहित छ वटा देशका मूर्तिकारले निर्माण गरिरहेका ढुङ्गाका कलात्मक मूर्ति हेर्दै अध्यक्ष दाहालले ढुङ्गाबाट समेत समृद्धि आउँदो रहेछ भने । उनले निर्माण भइरहेको पार्कका विषयमा जानकारी लिएका थिए । ढुङ्गाका विभिन्न कलात्मक मूर्तिसँग फोटो खिच्दै उनले पार्कलाई प्राकृतिक खालको बनाउनसमेत सुझाव दिए ।

सिर्जना सामुदायिक वन उपभोक्ता समितिको ३३ बिघा जमीनमा निर्माणाधीन पार्कको पहिलो चरणको कार्यशाला भने आज सकिदैछ । नेपालसहित भारत, जापान, जर्मनी, बङ्गालादेश र इटालीका मूर्तिकारले अहिले ‘फनपार्क’का लागि ढुङ्गाबाट मूर्ति बनाइरहेका छन् । कार्यशालामा ४२ जना मूर्तिकारले मूर्ति बनाइरहेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्