घर–घरमा छिरेर मान्छे मार्नेछौं : नरेन्द्र मोदी

Narendra-Modi
लाेकपाटी न्यूज

भारत प्रशासित काश्मिरमा गत फेब्रुअरी १४ तारिखमा भएको आत्मघाती हमलाको यत्तिका दिनपछि पनि भारत पाकिस्तानबीचको तनाव बढिरहेको छ।

यता पाकिस्तानी प्रधानमन्त्री बारम्बार शान्तिको कुरा गरिरहेका छन् भने उता भारत पटकपटक हत्या, हिंसा, हमलाको कुरा गरिरहेको छ । हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तै कुरा दोहोराएका छन्।

दुई दिने गुजरात भ्रमणमा रहेका मोदीले अहमदाबादमा एक यालीलाई सम्बोधन गर्दा विपक्षी पार्टी र पाकिस्तानमाथि हमला गरेका छन्। उनले सोमबार भनेका छन्, ‘भारतका केही नेता जो बयानबाजी गर्छन्, त्यो पाकिस्तानको पत्रिकामा हेडलाइन बन्ने गर्छ, यो देशका लागि दुर्भाग्य हा । म अब लामो प्रतिक्षा गर्न सक्दिनँ। छानी–छानी हिसाब लिनु मेरो विशेषता हो।’

‘अब घर–घरमा छिरेर मार्नेछौं । विगत ४० वर्षदेखि आतंकवादले हिन्दुस्तानको छातीमा गोली हानिरहेको छ । तर, भोट बैंकको राजनीतिमा डुबेका मानिसहरु केही ठोस् कदम उठाउन डराउँछन्,’ उनले भने, ‘मलाई सत्ताको मतलब छैन, मलाई मेरो देशको चिन्ता छ। मेरो देशका मानिसहरुको सुरक्षाको पर्वाह छ ।’

साथै, उनले आतंकवादीलाई पातलमूनि गएर भए पनि मार्ने चेतावनी दिएका छन्। यसअघि भारतीय वायुसेनाका एयर चीफ मार्शल बिरेन्द्र सिंह धनोआले पत्रकार सम्मेलनमा पाकिस्तानको बालाकोटमा चरमपन्थीविरुद्धको कारवाही एउटा सुरुवात मात्र भएको बताएका छन्। उनले भने, ‘आतंकवादविरुद्धको अभियान समाप्त भएको छैन। यो अहिले पनि जारी छ।’

साथै मोदीले भारतीय वायुसेनाको अभियान फेल भएको भए कसको राजीनामा माग्ने भनेर प्रश्न गरे। उनले भने, ‘जुन प्रोजेक्टको हामी शिलान्यास गर्छौं, त्यसको उद्घाटन पनि हामी नै गर्छौं अर्थात् आज जुन प्रोजेक्टको शिलान्यस गरिँदै छ, त्यसको उद्घाटनमा पनि म नै हुनेछु।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्