‘निर्मला हत्याकाण्डका दोषी छिट्टै कानूनी कठघरामा आउँछन्’

Ram Bahadur Thapa
लाेकपाटी न्यूज

धनगढी, २२ फागुन । गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला हत्याकाण्डका दोषीहरू अब छिट्टै पक्राउ पर्ने बताएका छन् ।

बुधबार सुरक्षा गोष्ठीका लागि सदूरपश्चिम पुगेका गृहमन्त्री थापाले सञ्चारकर्मीहरु सँग कुरा गर्दै अब दोषीहरु छिट्टै प्रक्राउ पर्ने दाबी गरेका हुन् । उनले भने, ‘यो प्रकरणमा सुरुमा हाम्रा केही निकायहरूको लापरबाहीले गर्दा अनुसन्धानमा जटिलता पैदा भएको हो । अहिले अनुसन्धान जारी छ, हामी चाँडोभन्दा चाँडो अपराधीहरूलाई कानुनी कठघरामा उभ्याउँछौं ।’

यस्तै गृहमन्त्री थापाले बम विस्फोट लगायतका ध्वंसात्मक गतिविधिप्रति सरकार गम्भीर रहेको पनि बताएका छन्। विप्लव नेकपाप्रति संकेत गर्दै उनले यस बीचमा केही समूहले बम विस्फोटजस्ता विध्वंसात्मक गतिविधि गरेको बताए ।

यस्ता गतिविधीलाई नियन्त्रण गर्न सरकार लागिपरेको उनको भनाइ छ । गृहमन्त्री थापाले भने, ‘केही समूहले यो बीचमा विस्फोटन, विध्वंशात्मक गतिविधि गरेका छन्, त्यसमा पनि सरकार गम्भीर छ, यसलाइ सरकारले सरकारले नियन्त्रण गर्छ। मूलभूत रुपमा गरिसकेको पनि छ ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्