‘नेपाली नठगिने गरी मलेसियामा रोजगार खुल्छ’

Udaya-Raj-Pandey-nepali-ambassador01
लाेकपाटी न्यूज

काठमाडौं, २२ फागुन । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेयले केही विषयका कारण मलेसियामा नेपालीका लागि रोजगार नखुलेको बताए ।

गैरआवासीय नेपाली संघ मलेसियाद्वारा दूतावासमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै राजदूत पाण्डेयले भने, ‘सबै तहको सिण्डिकेट हटाउन नेपाल सरकारले भनिसकेकोले अब कोही नेपाली नठगिने गरी मलेसिया रोजगारी खुल्छ । त्यसको लागि पहल गर्ने छु ।’

विदेशमा खोलिएका संघसंस्था सबै राम्रो भएको उल्लेख गर्दै उनले त्यही संघसंस्थाभित्र छिरेर चलखेल गर्न खोज्नेहरुका कारण संघसंस्था बदनाम हुने भएकोले चनाखो हुन पर्नेमा जोड दिए ।
सबै संघसंस्थासँग सहकार्य गर्न दूतावास तयार छ तर त्यसमा भएका ब्यक्तिहरु खराव भएर नेपालीहरुको अहित हुने काम गरिरहेका भएमा संस्थालाई नहेरी व्यक्तिलाई कारबाही गर्न कुनै कसर बाँकि नराख्ने बताए ।

एनआरएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेले मलेसिया रोजगारी बन्द हुँदा मलेसियामा कार्यरत नेपालीहरुको भिषा सकिदा वा कन्ट्रयाक सकिदासमेत कम्पनीले घर नपठाउने गरेको ठूलो समस्या परेका बताएका थिए ।

यसैगरी मलेसियामा आपत परेका नेपालीहरुको उद्धारमा, दूतावास र नेपाली समुदायबीचको सहकार्य भएमा सजिलो हुने एनआरएनको भनाइ छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्