धनगढी, २३ फागुन । धनगढीका एक व्यापारी दुई किलो ३ सय ग्राम सुनसहित पक्राउ परेका छन् । कैलाली प्रहरी मध्यरातमा उनलाई दुई किलो ३ सय ग्राम सुनसहित पक्राउ गरेको हो ।
जिल्लाको चिसापानीमा चेकजाँचका क्रममा उक्त व्यापारीलाई सुनसहित पक्राउ गरिएको कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्लिसनाले जानकारी दिए । मध्यरातमा पक्राउ गरिएको व्यापारीको नाम भने खुलाएको छैन ।
व्यापारीसँग एक किलो ३ सय ग्राम सुन खरिद गरेको विल भेटिए पनि एक किलो सुनको भने विल नभेटिएको प्रहरीले जनाएको छ । व्यापारीले उक्त सुन काठमाडाैंबाट खरिद गरेर ल्याएको दाबी गरेको प्रहरीको भनाइ छ । घटनाबारे बिस्तृत अनुसन्धान गरी पत्रकार सम्मेलन मार्फत जानकारी दिने तिमिल्सिनाले जानकारी दिए ।