काठमाडौं, २३ फागुन । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाका नेता भतरमोहन अधिकारी र रवीन्द्र अधिकारीको अभाव पार्टी र देशलाई सँधै खड्कीरहने बताएका छन् ।
पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोह अधिकारी र संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकोप्टर दुर्घटनामा परी निधन भएकाहरुको स्मृतिमा आज आयोजित श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष प्रचण्डले भविश्यमा सबैलाई उनको अभावको महशुस हुने बताएका हुन् ।
‘कमरेड भतरमोहन अधिकारी र कमरेड रवीन्द्र अधिकारीको अभाव सधै खडकीरहने छ, हामी शोकमा छौं, राम्रो हिसाव किताव पनि गर्न सकिरहेका छैनौं, उहाँहरुको अभावमा नेपालको समग्र राजनीतिक आन्दोलनले कति ठुलो क्षती बेहोरेको छ भन्ने कुरा आगामी दिनमा खुल्दै जानेछ,’ प्रचण्डले भने, ‘रवीन्द्र अधिकारीको अभाव आउने दिनमा हामी सबैले महसुस गर्दै जान्छौं, सामान्य योगदानका मानिस थिएनन रवीन्द्र अधिकारीसहित हेलिकोप्टर दुर्घटनामा दिवंगत हुनुभएका योद्धाहरु ।’
अध्यक्ष प्रचण्डले पार्टी, देश र परिवारले शोकलाई शत्तिःमा बदल्नुको बिकल्प नरहेको पनि बताएका छन् । उनले भने, ‘शोकलाई शक्तिमा बदल्नु पर्छ, यो पीडालाई नयाँ उर्जामा बदल्नका लागि उहाँहरुको राम्रो कामबाट शिक्षा लिएर पहलकदमी लिनुपर्छ । पीडामा डुवेर भरतमोहन र रवीन्द्रको योगदान खेर जान दिनुहुन्न ।’
उनले हेलिकोप्टर दुर्घटनाबाट सिङ्गो देश र दुनीया शोकमा डुबेको बताए । ‘जन्मपछि मृत्यु त प्रकृतिको साश्वत नियम हो, तर मृत्युहरु सबै एकै किससमका हुँदैनन, भएका पनि छैनन, कुनैकुनै मृत्युहरु लाखौं मानिसलाई तरंगित गर्ने गर्दछन्, कमरेड रवीन्द्रको मृत्युले पनि त्यही तरंग पैदा गरेको छ, हामी सबैलाई शोकमा डुबाएको छ,’ प्रचण्डले भने ।
उनले रवीन्द्र अधिकारीसहित दुर्घटनामा ज्यान गुमाउनेहरुको मृत्यु पहाड भन्दा पनि गह्रुंगो भएको बताए । उनले भने,‘यो पाहाड भन्दा गह्रुंगो मृत्यु हो, जस्ले लाखो करोडौं मानिसहरुलाई तरंगित र उद्देलित पारेको छ । सिंगो देश र दुनिया नै उद्देलित भएको छ । शिक्षा लिने संकल्पसहित श्रद्धा प्रकट भएको छ । दिवंगतहरुले गरेका र गर्न चाहेका राम्रा कामहरु अघि बढाउने छौं ।