राष्ट्रिय टिममा फर्किए मेस्सी

messi football
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं। अर्जेन्टिनी कप्तान लियोनेल मेसी रसिया विश्वकपपछि पहिलो पटक राष्ट्रिय टिममा फर्किएका छन्।

बार्सिलोना स्टार मेसी नौ महिनापछि मेसी अब भेनेजुएला र मोरक्कोविरुद्धको खेलका लागि तयार भएका हुन्। विश्वकपमा च्याम्पियन फ्रान्ससँग अर्जेन्टिना प्रिक्वाटरफाइनलमा पराजित भएको थियो।

त्यसयता मेसी राष्ट्रिय टिमका धेरै खेलहरुमा देखिएका छैनन्। नयाँ प्रशिक्षक लियोनेल स्कालोनीले कप्तान मेसीलाई २२ मार्चमा स्पेनमा भेनेजुएलाविरुद्धको खेलका लागि टिममा बोलाएका हुन्। त्यसको चार दिनपछि मोरोक्कोसँग मैत्रीपुर्ण खेल खेल्ने तालिका छ।

लियोनेल स्कालोनीको टिममा मेसी समावेश हुँदा म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुएरो, लोनमा चेल्सीबाट खेलिरहेका गोन्जालो हिगुएन र इन्टर मिलानका फरवार्ड मौरो इकार्डीले टिममा स्थान बनाउन सकेनन्।

प्रशिक्षक स्कालोनीले लौउटारो मार्टिनेज, जियोभानी सिमिओनी र डारियो बेनेडेटोलाई टिममा समावेश गरेका छन्।