निर्मला पन्तबाहेक अरुलाई न्याय चाहिन्नँ ? : शान्ता चौधरी

shanta chaudhary
लाेकपाटी न्यूज

काठमाडाैं। नेकपाकी सांसद शान्ता चौधरीले अधिकार प्राप्तीका हिसाबले पछिल्लो समयको अवस्था सन्तोषजनक रहेको बताएकी छिन्।

१०९ औं महिला दिवसको अवसरमा रिपोर्टर्स क्लबमा बोल्दै उनले महिला संघर्षको उपलब्धिस्वरुप प्राप्त उपलब्धिलाई रक्षा गर्दै थप अधिकारका लागि अघि बढ्नुपर्नेमा जोड दिइन्।

निर्मला पन्तको बलात्कारीलाई सरकारले लुकायो भन्ने आरोपप्रति चौधरीले गम्भीर आपत्ती जनाइन्। पछिल्लो समय निर्मला प्रकरण नै सरकारको प्रमुख मुद्धा भएको दावी गर्दै उनले यो सरकारले बलात्कारी लुकायो भन्नेहरु दुई तिहाई सरकारदेखि डराउनेहरु मात्रै भएको तर्क गरिन्।

निर्मला प्रकरणबारे संसदमा प्रधानमन्त्री र गृहमन्त्रीले पटक पटक जवाफ दिइसकेको र प्रहरी प्रशासनले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको चौधरीले बताइन्।

“यो देशमा निर्मलाको मात्रै बलात्कार भएको छ र ? निर्मलाजस्ता धेरैले हिंसा बेहोर्नुपरेको छ । अरुको विषयमा नबोल्ने ? किन निर्मलाको विषयामा मात्रै बोल्ने ?” उनले प्रश्न गरिन् ।