सिके राउतसँग भएको ११ बुंदे सम्झौतामा के छ ?

CK raut
लाेकपाटी न्यूज

काठमाडौं । सरकार र स्वतन्त्र मधेश गठबन्धनका प्रमूख सिके राउतबीच ११ बुंदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ। हिजो मात्रै हिरासतबाट छुटेका राउतसँग सरकारले ११ बुंदे सम्झौता गरेको हो।

सम्झौतामा सिके राउत लगायतमाथि राजयले लगाएका मुद्दा फिर्ता लिने, स्वतन्त्र मधेश आन्दोलनका क्रममा मारिएकाहरुका परिवारलाई क्षतिपूर्ति दिने, घाइतेको सरकारले उपचार गर्ने, स्वतन्त्र मधेश अभियानमा लागेकाहरुलाई मुलधारको राजनीति गर्न दिने उल्लेख छ।

त्यसैगरि यसअघि गठबन्धनले राज्य विप्लवका विषयमा गरेका काम र प्रचारका लागि भविष्यमा प्रश्न नउठाउने र कार्वाहीको विषय नबनाउने सम्झौतामा उल्लेख छ। त्यसैगरि अब उप्रान्त त्यस प्रकारका गतिविधि नगर्ने उल्लेख छ।