काठमाडौं, २४ फागुन । नमुना प्रगतिशिल महिला समाज कलंकी, काठमाडौँले द्वन्द्वपीडित महिला तथा बालबालिकाहरुलाई सम्मान गरेको छ ।
शुक्रबार १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर उनीहरुलाई सम्मान गरिएको हो । रिपोर्टर्स क्लब नेपालमा ‘द्धन्दपिडीत महिला तथा बालबालिकाको व्यवस्थापनमा सरकार र नागरिक समाजको भूमिका’ बिषयक अन्तरक्रिया एवम् सम्मान कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री, नेकपाकी नेतृ एवम् प्रतिनिधिसभा सदस्य सत्या पहाडीले आजको दिनलाई अन्र्तराष्ट्रिय रुपमा विभेद र भेदभावरहित दिनको रुपमा मनाउनुपर्नेमा जोड दिईन् । समाज परिवर्तनमा आफ्नो ठाँउबाट सहयोग गर्ने सबैको समान योगदान रहेको स्मरण गराउँदै उनले महिलाहरुले श्रमिकको रुपमा धेरै नै रगत बगाएको पनि स्मरण गराईन् ।
नारी दिवसलाई एक ऐतिहाँसिक दिनको रुपमा मनाउँदै आएको बताउँदै उनले आगामी दिनमा विचार विभेदको अन्त्य गर्दै महिलालाई पनि समान अधिकारको अवधारणामा सरकारले हेर्नुेपर्ने उनको भनाइ थियो । उनले भनिन्, ‘अहिले राज्यको संरचना परिवर्तित रुपमा अगाडि बढेको छ, अब जनताको प्रत्यक्ष जीवनमा परिवर्तन ल्याउन आवश्यक छ ।’
राज्यमात्र परिवर्तन भएर नहुने भन्दै उनले जनताको चेतना र विकासमा पनि सुधार ल्याउन आवश्यक रहेको बताइन् । सरकारले द्वन्द्वमा परेर अपाङ्ग तथा अन्यायमा परेका सबैको समस्यालाई अध्ययन गरिरहेको उनको भनाइ छ ।
द्वन्द्व पीडितलाई राज्यको टाउको दुखाईको रुपमा नभएर राष्ट्रका गहनाको रुपमा राज्यले लिईरहेको पनि उनले विश्वास दिलाइन् । सरकारले जनयुद्वका घाईतेहरुसँग समस्याको बारेमा उचित वार्ता गरिसेकेको कारण पनि अब सरकारले घरवासको कार्यक्रममा पनि ध्यान दिईरहेको उनको भनाइ थियो ।
सरकार गठनको यो एक वर्षमा सरकारले आफ्नो महत्वपुर्ण समय एन, नियम तथा कानुन बनाउनमा खर्चिएको उनको भनाइ थियो । उनले भनिन्, ‘सरकारले यो एक वर्षको महत्वपूर्ण समय मुलुकलाई संघीय संरचनाअनुसार स्थानीय तह र प्रदेशमा लैजाननै समय लागेको थियो, जनताको मौलिक अधिकारको रुपमा ऐन(नियमको निर्माणमा पनि ठुलो सफलता प्राप्त भएको छ।’
द्वन्द्वका क्रममा घाईते भएको ४५ हजार पीडितहरुलाई निवृत्तिभरणको प्रक्रिया अगाडि बढाएको स्मरण गराउँदै उनले सरकारले अभिभावक गुमाएका बालबालिकालाई हेर्न उचित मापदण्ड बनाउनुपर्नेमा जोड दिइन् । संविधानलाई कार्यान्वयन गरेरमात्र देशमा नयाँ आयाम ल्याउन सकिने उनको विश्वास छ । उनले सामाजिक अगुवाहरुका बिभिन्न अभियानहरले देशको परिवर्तनमा ठूलो भूमिका रहेको बताइन ।