ट्रमका राजनीतिक गुरुलाई ४८ महिना जेल

paul manafort
लाेकपाटी न्यूज
0 Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमका राजनीतिक गुरुलाई ४८ महिनाको जेल सजाय सुनाएको छ ।

संयुक्त राज्य अमेरिकाको भर्जिनियास्थित एउटा अदालतले बिहीवार राष्ट्रपति डोनल्ड ट्रम्पका भूतपूर्व सहयोगी समेत रहेका म्यानफोर्टलाई ब्याङ्क ठगी र कर हिनामिनाको अभियोगमा ४८ महिनाको जेल सजाय सुनाएको हो ।

यस्तै अदालतले म्यानफोर्टलाई दुई करोड ४० लाख डलर क्षतिपूर्ति र ५० हजार डलर जरिवाना तिर्नुपर्ने फैसला सुनाएको छ । बिहीवार साँझ अदालतमा उपस्थित भएका म्यानफोर्टले विगत दुई वर्ष आफ्नो जीवनको सबैभन्दा कठिन समय भएको बताएका थिए । आफू अपमानित र लज्जित भएको भन्दै उनले न्यायाधीशलाई आफूप्रति सहानुभूति राख्न अनुरोध गरेका थिए । उनले आफ्नो जीवन व्यावसायिक र आर्थिक रूपमा भद्रगोल भएको पनि स्वीकार गरे ।

गत वर्ष अदालतले पल म्यानफोर्टले युक्रेनमा राजनीतिक परामर्शबाट कमाएको दशौं लाख डलर लुकाएको ठहर गरेको थियो । म्यानफोर्ट सन् २०१६ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको निर्वाचन अभियानको संयोजक थिए ।

अदालतले गैरकानुनी रूपमा गुटबन्दी गरेको अभियोगमा उनलाई अर्को सजाय सुनाउन बाँकी छ । राष्ट्रपतीय निर्वाचनका बेला ट्रम्प र रुसको सम्बन्धबारे एउटा छानबिन सुरु भएपछि उनीविरुद्ध ती अभियोगहरू लगाइएको थियो । उनीमाथि लागेका अन्य १० अभियोगलाई भने अदालतले खारेज गरिदिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्