‘माेदी घृणाकाे राजनीति गर्छन्’ : इमरान खान

इमरान खान01
लाेकपाटी न्यूज

सिन्ध, २५ फागुन । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घृणको साजनीति गर्ने गरेको बताएका छन् । भारत र पाकिस्तानबीच चलिरहेको तनावपूर्ण स्थितिमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो देशको माटोलाई अन्य देशमा चरमपन्थ फैलाउनका लागि प्रयोग हुन नदिने समेत बताएका छन् ।

सिन्धमा आयोजित एक –यालीमा उनले प्रधानमन्त्री मोदीमाथि हमला गर्दै भने, ‘घृणाको राजनीति मानिसहरुको भोटको लागि बाँड्न निकै सजिलो छ ।’

उनले थपे, ‘नरेन्द्र मोदी यस्तै राजनीति गर्छन्– घृणा फैलाउने । यदि कोही नेताले यस्तो गर्छ भने उनको कार्यकर्ताले पनि यस्तै गर्नुपर्छ । पुलवामा हमलापछि भारतमा कश्मिरीहरुमाथि कस्तो व्यवहार गरियो, त्यो हामीले देखेका छौं ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्