उत्तर कोरियामा निर्वाचन : किम एक्ला उम्मेदवार

kim jon NORTH KOREA
लाेकपाटी न्यूज

काठमाडौं। उत्तर कोरियामा संसदीय निर्वाचन हुँदैछ। नेता किम जोङ उन सत्तामा आएपछि दोस्रो पटक संसदीय निर्वाचन हुन लागेको हो।

अधिकारविहीन संसदको निर्वाचनका लागि छापिएको मतपत्रमा एक मात्र उम्मेदवारका लागि विकल्प रहेको र १७ वर्षमाथिका नागरिकलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ।

सोही कारण पहिलो संसदीय निर्वाचनमा शतप्रतिशत मत खसेको थियो। किम परिवारले शासन गरिरहेको उत्तर कोरियामा मतदानका लागि हरेक नागरिकलाई उर्दी जारी गरिएको छ।

निर्वाचनलाई उत्तर कोरियाले जनगणनाका रूपमा लिने गरेको छ। उत्तर कोरियामा निर्वाचन एक मात्र बिकल्प रहे पनि गोप्य मतदानका लागि समेत नागरिक डराउने गरेको उत्तर कोरियाली जानकार फ्योडोर टेर्टस्किले बताए।

कुनै पनि कानून निर्माणका लागि नेता किमको स्वीकृतिपछि संसदले मोहर मात्रै लगाउने अधिकार पाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्