वैद्य माओवादीको घरमा विप्लव माओवादीको बम

Pressure cooker bomb
साङ्केतिक तस्बिर
लाेकपाटी न्यूज

नवलपरासी, २६ फागुन । नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीले जिल्ला समिति सदस्य प्रेम रिमालको निवासमा बम राखेको प्रति निन्दा गरेको छ । सुनवल ३ आसामवासीस्थित उनको निवासमा अज्ञात समुहले बम राखेकोमा क्रान्तिकारी माओवादीले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

क्रान्तिकारी माओवादीप्रति जनसर्मथन बृद्धि भएको सन्दर्भमा मिति २०७५ साल फागुन २५ गते राति निवासमा बम राखिएको भन्दै क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीले बिज्ञप्ति जारी गर्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताउँदै सो घटनाको निन्दा गरेको छ । क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीका सेक्रेटरी चोलाले आइतबार एक बिज्ञप्ति जारी गर्दै घटनाको भत्र्सना गरेका हुन् ।

चोलाद्धारा हस्ताक्षरित बिज्ञप्ति क्रान्तिकारी माओवादीसंग बैचारिक संर्घष गर्न नसक्ने तत्वबाट भएको यस किसिमको गैरराजनैतिक हर्कतको हाम्रो पार्टी घोर निन्दा एंवम भत्र्सना गर्दछ भनिएको छ । बिज्ञप्तिमा घटनामा संलग्नलाई छानविन गरी दोषी उपर कारवाही गर्न प्रशासनसँग माग गर्दै कारवाही नभए कडा संर्घषमा उत्रने चेतावनी समेत दिइएको छ ।

रिमाल यस अघि क्रान्तिकारी माओवादी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाबाट निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभाको उम्मेदवार समेत रहेका थिए ।