‘बालविवाह र महिला हिंसा घरबाटै निर्मुल गरौं’

4545
लाेकपाटी न्यूज
0 Shares

पश्चिम नवलपरासी, २८ फागुन । महिला हिंसा र बालविवाह न्यूनीकरणका लागि सबैले हातेमालो गर्नुपर्ने सरावल गाउँपालिकामा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । उनीहरुले महिला हिंसा र बालविवाह न्यूनीकरणका लागि आफनो टोल छिमेक र घरबाटै सुरुवात गर्नु पर्ने आंैल्याएका छन् ।

ग्यालेक्सी सीप प्रशिक्षण केन्द्र, नवलपरासीको आयोजना तथा सरावल गाउँपालिकाको सहयोगमा आयोजना गरिएको एक दिने अभिमुखिकीकरण कार्यक्रमका सहभागीहरुले महिला हिसां र बालविवाह न्युनीकरणका निम्ती तप्परता देखाएका हुन् ।

सरावल गाउँपालिका वडा नं. ६ का अध्यक्ष कैलाश यादवको अध्यक्षता तथा गाउँपालिकाका प्रमुख राधेश्याम चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अध्यक्ष चौधरीले महिला हिंसा र बालविवाह न्यूनीकरणका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नु पर्ने कुरामा जोड दिए । उनले महिला र बालबालिकाको क्षेत्रमा रणनीतिक योजना बनाएर महिला हिंसा र बालविवाह न्यूनीकरणका लागि परेको बताए ।

कार्यक्रममा सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविश्वर रेग्मी, वडा सदस्य विन्दा देवी धोवी, नेमनारायण प्रसाद यादव, महेन्द्र जनता माविका नगेन्द्र प्रसाद हरिजन, जनजागृती आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र प्रसाद कुर्मी, साना किसान सहकारी संस्था रामपुर खडौनाका व्यवस्थापक संगीता चौधरी लगायतले महिला हिंसा र बालविवाह न्यूनीकरणमा समुदाय स्तरबाटै लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

एक दिने महिला हिंसा तथा बालविवाह न्यूनीकरण कार्यक्रममा नेपाल वार एशोसियसन नवलपरास्ीका उपाध्यक्ष एवं अधिवक्ता सरस्वती शर्मा, ग्यालेक्सी सीप प्रशिक्षण केन्द्रका केन्द्र प्रमुख मेघराज गौतम लगायतले सहजीकरण गरेका थिए । कार्यक्रममा वडा महिला संजालका सदस्यहरु, वडा बाल संजालका सदस्यहरु, महिला स्वास्थ्य स्वयंसेवीकाहरु, विद्यालयका बाल क्लवका पदाधिकारहरु र वडाका निर्वाचित जनप्रतिनिधिहरुको सहभागीता रहेको सीप प्रशिक्षण केन्द्रका संचालक यमकुमारी सुवेदीले जानकारी दिईन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्