‘समयले मान्छेलाई परिपक्व बनाउँछ’ : सन्दिप लामिछाने

sandip lamichhane
लाेकपाटी न्यूज

काठमाडौं, २८ फागुन । सन्दिप लामिछाने तीन वटा क्रिकेट लिग खेलेर स्वदेश फर्किएका छन् । अस्ट्रेलियाको बिगबास क्रिकेट लिग, बंगलादेशको बंगलादेश प्रिमियर लिग र पाकिस्तानको पाकिस्तान सुपर लिग खेलेर उनी मंगलबार स्वदेश फर्किएका हुन् ।

सन्दिपले समग्र टूर राम्रो रहेको बताए । उनले भने, ‘सधैं तपाइँ प्रदर्शन गर्न सक्नुहुन्न । कहिलेकाहीं सबै कुराहरु मिल्दैन । त्यसले तपाईंलाई अपसेट बनाउँछ । तर, ओभरअल हेर्दा तीनवटै टूर मेरा लागि निकै राम्रो भयो ।’

सन्दिपले लिगहरुबाट परिपक्वता विकास गर्न सघाउ पुग्ने बताए । सन्दिपले भने, ‘समयसँगै तपाई परिपक्व हुदैं जानुहुन्छ । जिम्मेवारीहरु लिदैं जानुहुन्छ । लिगहरुले मानसिक रुपमा नै मजबुद बनाइसकेको छ ।’

उनले आफु केही दिनका लागि नेपाल आएको बताउँदै पुन इण्डिन प्रिमियर लिग खेल्न जाने जानकारी गराए । यद्यपि सो लिग खेल्न कहिले जाने भनेर मिति तय भइनसकेको उनले जनाए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्