आमाले बच्चा भुलेपछि उडेको बिमान फर्कियो

aeroplane
लाेकपाटी न्यूज

एक महिलाले आफ्नो बच्चालाई विमानस्थलको टर्मिनलमा नै भुलेपछि यात्रुवाहक विमानबीच बाटोबाटै साउदी विमानस्थलमा पुनः फर्कन बाध्य बनेको छ ।

जेद्दाहबाट मलेसियाको क्वाललम्पुरतर्फ विमान उडिरहेको बेला ती महिलाले चालक दलका सदस्यलाई आफ्नो बच्चा हराइरहेको जानकारी गराएकी थिइन्। ती महिलाको आग्रहपछि पाइलट पुनः जेद्दाह विमानस्थलमा फर्कन एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई आग्रह गरेका थिए ।

गल्फ न्युजका अनुसार ती महिलाले किङ अब्दुल अजिज अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा नै आफ्नो बच्चालाई भुलेकी थिइन्। हाल एउटा अडियो क्लिप निकै भाइरल भइरहेको छ, जसमा विमानस्थलका कर्मचारी र पाइलटबीचको सम्वाद रहेको छ।

पाइलटले एटिसीका कर्मचारीलाई सोध्छन्, ‘भगवान हामीसँग रहुन्। के हामी फर्कन सक्छौँ।’त्यसपछि एक एटिसीका कर्मचारीलाई ‘यो विमानले फर्कन आग्रह गर्दैछ। एक जना यात्रुले आफ्नो बच्चा प्रस्थान कक्षमा नै भुलेछिन्, बिचरा ।’

त्यसपछि उनीहरु भन्छन्, ‘ठीक छ गेटमा फर्क, यो हाम्रो लागि विलकुलै नयाँ घटना हो ।’ फ्लाइट ट्रयाकिङ डाटाले उक्त विमान एक घण्टा ढिलो उडाएको देखाएको थियो । तर, यही कारणले विमानको उडानमा ढिलाइ भएको भन्ने स्पष्ट छैन ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्