२५ वर्षीय युवा, जसले मृगौला बेचेर आइफोन किने

Iphone youth facebook
लाेकपाटी न्यूज

महंगो मोबाइल बोक्ने समपना देखेका एक युवकको जिन्दगी नै खतरामा परेको छ। मोबाइल फोन बोक्ने क्रेज बढिरहेको बेला आइफाने बोक्ने चाहनामा एक युवकले मृगौला नै बेचेका छन्। एउटा मृगौलाले काम चल्ने भएपछि अर्को मोबाइल किन चाहियो भन्ने सोच बोकेका ती युकको यो सोचाइ यतिबेला गलत सावित भएको छ।

उनको अर्को मृगौलाले पनि काम गर्न छोडेको छ। चीनको एन्हुई प्रान्तका एक २५ वर्षीय युवक आइफोनको रहर पुरा मृगौला बेचेको कारण अस्पतालमा संर्घषरत जीवन बिताइरहेका छन्। एउटा मृगौला बेचेपछि अर्को मृगौलाले पनि काम गर्न छोडेको कारण डायलसिसको भरमा बाँचेका छन्।

उनले आइफोन किन्नको लागि २५ हजार युआन अर्थात् नेपाली रुपैयाँ ४ लाखमा मृगौला बेचेका थिए। गरिब परिवारमा जन्मिएका उनी आइफोन लिएर साथीको अगाडि सान देखाउन चाहन्थे। उनले मृगौला बेचेर नै आइफोन ४ र आइफोन २ किनिसकेका थिए।

उनले गैरकानूनी रुपमा ब्ल्याक मार्केटमा आफ्नो मृगौला बेचेका हुन्। चिनिया सञ्चार माध्यमका अनुसार यतिबेला अस्पतालमा भर्ना भएर बसेका छन्। उनलाई पहिलो मृगौला किन्ने बेलामा भएको संक्रमणको कारण अर्को मृगौला पनि खराब भएका चिकित्सकको भनाइ रहेको छ।

उनको मृगौला निकाल्ने बेलामा चिकित्सकले लार्पबाह गरेको कारण यस्तो समस्या भोग्नु परेको हो। यस्तो घटनाको सार्वजनिक भएसँगै उनको मृगौला निकालेको आरोपमा ९ जनालाई प्रहरीले प्रक्राउ गरिसकेको छ।