नयाँ बाटो खोज्नुस्, नक्कल गरेर प्रचण्ड भइँदैन : प्रचण्ड

prachanda-2
लाेकपाटी न्यूज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव पार्टी समूहलाई प्रचण्डको नक्कल गरेर प्रचण्ड नहुने बताएका छन् ।

वाइसिएल नेपालले नेकपाको कार्यालय पेरिसडाँडामा आयोजना गरेको सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा प्रचण्डले सम्बोधन गर्दे सो कुरा बताएका हुन् । अध्यक्ष प्रचण्डले विप्लव पार्टीलाई हिजो सबै लडेका आफ्नै साथीहरुको सरकार छ, अनि परिस्थिति हेर्नु पर्दैन ? भनेर प्रश्न गरेका छन् ।

‘साथीहरु कतिपयले प्रचण्डले यसो गरेर यस्तो भयो म पनि अब यसै गर्छु भन्दै हिडेको पनि भेटियो, उनले भने, सजिलो छैन प्रचण्ड बन्न पनि’, उनको भनाइ थियो । प्रचण्डले भने कसैले चाहेर पनि भइहाल्ने हैन, म पनि प्रचण्ड बन्छु भनेर हिडेको थिइनँ, जनताको काम गर्छु भनेर हिड्दा हिड्दै जनताले मलाइ प्रचण्ड बनाइदिए ।

‘अब त्यही समयमै प्रचण्ड बनिँदैन’ उनले भने । प्रचण्डले भने साथीहरु नयाँ बाटो खोज्नुस्, साँच्चै केही गर्नुछ भने प्रचण्डकै नक्कल गरे प्रचण्ड बन्छु भन्यो भने भ्रम हो । त्यो भ्रमले कहीँ पनि पुग्दैन । यसको परिणाम दुर्भाग्य हुन्छ । मैले हिजोका साथीहरुलाई लगातार यो सल्लाह दिइराखेको छु’ उनले भने ।

सहिदलाई अभिनन्दन गर्दै प्रचण्डले भने, ‘एउटै पार्टीको झण्डामूनि बसेर सहिद तथा वेपत्तालाई सम्मान व्यक्त गर्न पाउँदा अत्यन्तै खुशी लागेको छ। आफूले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल र झापाको सुखानी विद्रोहमा हत्या गरिएका सहिदप्रति सम्मान प्रकट गर्न एउटै पार्टीको झण्डाको प्रयोग हुन सक्नु नै क्रान्तिको उपलब्धि रहेको प्रचण्डले बताए।

प्रचण्डले दश वर्षे जनयुद्धको क्रममा ज्यान गुमाउनेसहित तथा वेपत्ताको बलिदानीपूर्ण सङ्घर्षकै कारण नेपालले नयाँ राजनीतिक व्यवस्था पाएको जनाएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्