‘विप्लव वार्तामा आए राताे कार्पेट बिछ्याउँछौं’

gokul baskota
लाेकपाटी न्यूज

काठमाडौं । सरकारका प्रवक्ता गाेकुल बाँस्कोटाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपा वार्तामा आए सरकार राताे कार्पेट बिछ्याउन तयार भएकाे छ।

फागुन १३, १५, १९ र २६ गते बसेको मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले शान्तिपूर्ण वार्ताबाटै निकास चाहेको बताए।

मन्त्री बाँस्कोटाले विप्लव नेतृत्वको पार्टीलाई नभई उसका आपराधिक गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाएको पनि स्पष्ट पारे। हिंसा र ज्यादतिको उन्माद सैह्य नभएको साथै आपराधिक क्रियाकलामा संलग्न जोसुकैलाई पनि सरकारले सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत रहेर कारबाही गर्ने पनि उनले बताए।

मन्त्री बाँस्कोटाले भने, ‘विप्लव समूह वार्तामा आए सरकार राताे कार्पेट बिछ्याउन तयार छ। हामी पनि वार्ताबाट समाधान चाहन्छौं। तर, हिंसा र ज्यादति सहन सकिन्नँ, सहन्नौं।’