काठमाडौं, ३ चैत । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले आइतबार काठमाडौंको कलंकीस्थित रहेको मालपोत कार्यालयको अनुगमन गरेकी छन् ।
हाल कलंकी मालपोत कार्यालय डिजिटल प्रणालीमा लैजान तयारी भइरहेको छ । त्यही तयारीको काम के कस्तो भैरहेको छ भन्ने बुझ्न तथा अनुगमन गर्न मन्त्री अर्याल त्यहाँ पुगेकी हुन् ।
देशभरीका मालपोत र नापी कार्यालय डिजिटल बनाउने मन्त्रालयको तयारी छ । त्यसको सुरुवात कलंकी मालपोत कार्यालयबाट हुन लागेको हो ।
अहिले कलंकी मालपोत कार्यालयमा डिजिटल प्रणालीमा कार्यालयलाई प्रतिस्थापन गर्ने क्रममा पुराना दस्तावेजलाई स्क्यानिङ गरेर कम्युटरमा राख्ने काम भइरहेको जनाइएको छ ।