जाकार्ता, ४ चैत । इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा गत शनिबार साँझ आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ७७ पुगेको छ ।
पहिरो र बाढीमा परी १ सय १६ जना घाइते भएकाहरुलाई उद्धारको प्रयास जारी रहेको बताइएको छ । खोजी र उद्धार कार्य जारी रहेको युदी यान्टो जिल्लामा रहेको उद्धार कार्यलयका प्रवक्ताले जानकारी दिएका छन् ।
स्थानीय समयानुसार शनिबार साँझ छ बजे आएको बाढीमा परी अझै पनि कैयांै व्यक्ति बेपत्ता रहेका छन् । बाढीबाट प्रभावित भएकाहरुमध्ये हजारौं व्यक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताइएको छ ।
बाढीले दर्जनौं घर, पुल र सडकलगायतका भौतिक संरचनामा पनि क्षति पु¥याएको बताइएको छ । घटनाबाट प्रभावितलाई खोजी तथा उद्धार र राहत वितरण भइरहेको सरकारी अधिकारीले जनाएका छन् ।