काठमाडौं। महिलाहरुमा जिरो फिगरको प्रतिस्पर्धा चले पनि अनुपातभन्दा दुब्लो हुनु स्वास्थ्यका लागि हानिकारक नै मानिन्छ। मोटोपनका कारण मानिस धेरै रोगको शिकार हुन्छन् भने दुब्लोपनका पनि असरहरु हुन्छन्।
धेरै मोटाएर र पेट लागेर दुःखी हुने मान्छेको समूहमा एकातिर छ भने अर्कोतिर उचाइ र शारीरिक वनावट अनुसार शरीर नुहँदा वा दुब्लो देखिएर दुःखी हुनेहरु पनि अर्कातिर छन्।
आवश्यक भन्दा बढी वजन हुनु समस्या वा रोगको कारण पनि हुन सक्छ भने, कम वजन हुनु पनि एक प्रकारको समस्या नै हो। मानिसको उचाइ अनुसार तौल हुनुपर्छ। निर्धारित तौलभन्दा कम भएमा कम वजन र बढी भएमा अधिक वजन भनिन्छ।
कम वजन भएकाहरूले आफ्नो वजनलाई बढाउन सकिन्छ। त्यसका लागि केही घरेलु विधि अपनाउन सकिन्छ, जुन विधि तपाईले आफ्नो दैनिक जीवनमा प्रयोग गर्न सक्नुहुनेछ।
आलुः आलु खायो भने मोटाइन्छ। आलुमा कार्बोहाइड्रेटको मात्रा पर्याप्त हुन्छ। कार्बोहाइड्रेट हाम्रो शरीरमा प्रवेश गरेपछि छिट्टै पाचन हुन्छ। आलुमा भएको कार्बोहाइड्रेट ग्लुकोजमा परिणत हुन्छ, जुन हाम्रो शरीरले शक्तिको रूपमा प्रयोग गर्छ। शरीरमा प्रयोग नभएको ग्लुकोज बोसोमा परिणत हुन्छ र मोटाउन सहयोग गर्छ। आलुमा पोटासियम र भिटामिन सी पनि पर्याप्त मात्रामा पाइन्छ। त्यसकार आलुको सेवनले मोटाउन सहयोग गर्छ।
एभाकाडोः मोनो स्याचुरेटेड फ्याटको मात्रा पर्याप्त भएको एभाकाडोको सेवनले मोटाउन मद्दत गर्छ। सलादको रुपमा, अचार बनाएर, टोष्टमा राखेर र यसै पनि खान सकिने एभाकाडो स्वादिलो र स्वस्थकर फल हो।
केराः शारीरिक व्यायाम पछि अत्याधिक सेवन गरिने केरामा क्यालोरी र सुगरको मात्रा अरु फलमा भन्दा बढी हुन्छ। खाना पचाउन प्रभावकारी मानिने केराले हाम्रो मुड र सुताइमा पनि राम्रो असर पार्छ। प्रोटिनको मात्रा पनि हुने केराले तौल बढाउन मद्दत गर्छ।
चीजः पर्याप्त क्याल्सियम, ८ ग्राम प्रोटिन र ११० क्यालोरीको मात्रा हुने चिजले तौल बढाउन सहयोग पुर्याउछ। चिजको सेवनले शरीरलाई स्वस्थकर तरिकाले मोटाउन मद्दत गर्छ।
सुकेको फलः बदाम, ओखर, पेस्ता, काजु, किसमिसजस्ता सुकेका फल तौल बढाउनमा बहु उपयोगी मानिन्छन्। यी फलहरुमा भिटामिन, मिनिरल, फाइबर, मुटु उपयोगी अनस्याचुरेटेड फ्याट, प्रोटिन, आमेगा ३ को मात्रा हुन्छ। एक मुठी सुकेका फलमा लगभग १६० क्यालोरी हुन्छ। खिर, पुलाउ, हलुवा र अन्य परिकारमा समेत मिसाएर खान सकिने सुकेका फल मसलाको रूपमा प्रयोग हँुदै आएको छ।
फलफूलको जुसः लगभग सबै पौष्टिक तत्वको मात्रा प्राप्त हुने फलफूल स्वस्थबर्धक मानिन्छ। फलफूलको जुसले शरीरको तौल बढाउन भरपूर मद्दत गर्छ। तौल बढाउने सरल तरिका मध्येको फलफूल जुसको सेवन पानीको सटामा पनि गर्न सकिन्छ।
बदामः माटोभित्र फल्ने बदाम व्यायामपछि शक्ति प्राप्त गर्न र शरीरको तौललाई यथास्थितिमा राख्न निकै प्रभावकारी मानिन्छ। बदामलाई भुटेर, काँचै र जामको रूपमा खानाले तौलमा वृद्धि हुन्छ। प्रोटिको मात्रा भएको बदाम अरुभन्दा सस्तो पनि हुन्छ।
नौनीः दुध र दुधबाट बन्ने अरु पदार्थभन्दा मही वा नौनीमा प्रोटिनको मात्रा धेरै हुन्छ। तौल वृद्धि गराउनका लागि एक वा दुई गीलास महिमा ओखर, सुकेको छोगडा, मह र फलफुल मिसाएर खाने हो भने तौलमा वृद्धि हुन्छ। दुधमा बदाम मिसाएर पनि खान सकिन्छ।