के करिश्मा फेरि हिट हुन चाहेकै हुन् त ?

karishma-manandhar-768x455
लाेकपाटी न्यूज

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर नेपाली चलचित्र जगतकी हिट नायिकाको रुपमा परिचित छिन् । पछिल्लो समय फिल्म भन्दा नि आफ्नो पढाइमा करिश्माले ध्यान दिइरहेकी थिइन् । बीचमा एउटा गीतमा उनले नृत्य गरेको प्रसङ्गले उनमा फेरि हिट हुने रहर जागेको हो त भन्ने प्रश्न उब्जिएको छ । करिश्मालाई के फेरि हिट हुने लोभ पलाएको हो र ? होइन भने उनी गीत हिट हुन्छ भन्ने सोच बोकेरै एउटा फिल्मको एउटा गीतमा किन कम्मर मर्काउन तयार हुन्थिन् होला र ?

अभिनेत्री करिश्मा मानन्धरले जात्रै जात्राको माया पिरिम बोलको गीतमा नृत्य गरेकी छिन् । उनले सुरुवातमा त यो गीतमा आफू काम गर्न तयार नभएको बताइन् । किनकी, पढाइका कारण उनले मेन्टेन पनि गर्न पाएकी थिइनन् । तर, उनले यो गीत सुनेपछि पक्कै हिट हुन्छ भनेर वुझिन् । र अभिनय गर्न तयार भइन् ।

यसैले यसमा मेन्टेन नै नगरे पनि देखिनुपर्छ भन्ने उनलाई लाग्यो र उनले अभिनय गरिन् । करिश्माको फिल्मको यात्रा अहिले सुखद छैन । यही भएर उनी एउटा गीतमा भएपनि नृत्य गरेर हिट हुन खोजिरहेकी त होइनन् भन्ने प्रश्न उब्जिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्