विश्व बजारमा बढे पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत

nepal-oil-nigam-2-
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ५ चैत । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भइरहे पनि सर्वसाधारणको हितलाई ध्यानमा राख्दै हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत नै राखेको छ ।

यही चैत दुई गते ‘इण्डियन आयल कर्पोरेशन (आइओसी)’बाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ९ पैसा वृद्धि र डिजेलमा प्रतिलिटर १२ पैसा घटेर आएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । अहिले काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर रु. ११० तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु. ९७ रहेको छ ।

निगममा नयाँ नेतृत्व आएसँगै खरीद मूल्य बढे पनि इन्धनको मूल्य वृद्धि भएको छैन । निगमले पछिल्लो पटक गत माघ १९ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु. दुई वृद्धि गरेको थियो । निगमकाअनुसार गत माघ २ देखि यही चैत ३ गतेसम्म पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ ७ पैसा र डिजेलमा १० रुपैयाँ ४७ पैसा वृद्धि भएको छ । आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले १५÷१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्