वसन्तपुरमा विदेशी पर्यटककाे होली

Holi6
लाेकपाटी न्यूज

काठमाडौं, ६ चैत । बुधबार नेपालका पहाडी जिल्लाहरुमा होली पर्व भुमधामका साथ मनाइँदै छ । काठमाडौं उपत्यका लगायत दशैभर होलीको रौनक छाएको छ ।

अघिल्लो वर्षको तुलानामा कम रौनक रहे पनि काठमाडौंमा होलीको रौनक बढी नै रहेको छ । नेलालीसँग मिलेर विदेशी पर्यटकहरुले पनि काठमाडौंका वसन्तपुर र ठमेल क्षेत्रमा होली खेलेका छन् । यी क्षेत्रहरुमा होलीको मजा लिन कैयौं पर्यटकहरु आउने गरेका छन् ।

यहाँ विदेशी पर्यटकहरु पर्यटकहरु स्थानीय युवा युवतीसँग रमाएर रंगको पर्व धुमधामले मनाइरहेका छन् । धेरैले ह्याप्पी होली लेखिएको सेतो रंगको टिसर्ट लगाएर हातमा पिचकारी देखिन्छ । कतिपयले नेपालको झण्डा बनाएर अनुहार नै पेन्ट गरेका छन् । रंग दल्ने र पानी छ्यापाछ्याप गर्ने क्रम चलिरहेको छ ।

ठमेलसँगै न्यूरोड, बसन्तपुर, पाटन, भक्तपुर दरवार स्क्वायर लगायत स्थानमा पनि पर्यटकहरुले नेपालीहरुसँगै फागु मनाइरहेका छन् । यद्यपि, स्थानीयवासी भने विगतका वर्षहरुको तुलनामा होलीको रौनक घट्दै गएको बताएका छन् ।

राजधानी काठमाडौंसहित देशभर आज फागु पूर्णिमाको रौनक छाएका बेला बालबालिकादेखि वृद्धवृद्धासम्म यो रंगीन पर्वमा रमाइरहेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्