काठमाडौं, ६ चैत्र । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्मसँगै संघीयता र गणतन्त्रबारे जनमत संग्रह गर्न कांग्रेस तयार रहेको बताएका छन् ।
हिन्दु धर्मको वकालत गर्दै आएका कोइरालाले लामो समयदेखि धर्मबारे जनमत संग्रह गर्नुपर्ने माग गर्दै आएका छन् । बुधबार टोखास्थित आफ्नै निवासमा होलीको शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले धर्मबारे जनमत संग्रहको वकालत गरेका हुन् । धर्मिक स्वतन्त्रता वा धर्मबारे जनमत संग्रह गर्ने गर्ने विकल्प रहेको भन्दै उनले जनमत गर्दा पार्टीले हस्तक्षेप गर्न नहुने बताए । संघीयता र गणतन्त्रबारे पनि जनमत संग्रह गर्न कांग्रेस तयार रहेको बताए ।
उनले भने, ‘जनमत संग्रहकै लागि तयार हो भन्ने प्रश्नमा उनले भने, ‘गर्न तयार छ । तयार हुनुपर्छ ।’ लामो समयदेखि हिन्दू राज्यको पक्षमा वकालत गर्दै आएका कोइरालाले बुधबार फेरि पनि यसबारे वकालत गरेका हुन् । ८० प्रतिशत भन्दा बढी हिन्दू धर्मालम्बीहरु रहेको देश र हिन्दूहरुले चुनेर पठाएको सांसदहरु धेरै रहेकोले आफूले यस्तो अडान लिएको धारणा उनले व्यक्त गरे ।
उनले धार्मिक स्वतन्त्रता सहतिको हिन्दू राज्यको पक्षमा जनमत संग्रह गर्न आफू र काँग्रेसले पनि दबाब दिने आश्वासन पनि दिए । उनले हिन्दू राज्यको पक्षमा मात्रै नभई जनताले चाहेमा गणतन्त्रको पक्षमा समेत जनमत संग्रह गर्न सकिन स्पष्ट समेत पारेका छन् ।
महामन्त्री कोइरालाले कम्युनिष्टहरु एकजुट भएका बेला पार्टी भित्रको एकता नहुने हो भने आगामी निर्वाचनमा पनि काँग्रेस विजयी हुन नसक्ने धारणा समेत राखेका छन् ।