काठमाडौं, ७ चैत । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा समूहले हतियार बिसाएपछि मात्र वार्ता हुने बताएको छ ।
हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले भने, ‘सम्वादका निम्ति हामी तयार छौं ।
तर, सम्वाद गलत गतिविधिको तयारीका हुन सक्दैन । वार्तामा बस्नुअघि हतियार बिसाउनुपर्छ, हिंसा छोड्नुपर्छ ।’ कुनै असन्तुष्टि छ भने शान्तिपूर्ण राजनीति र वार्ताबाट सम्बोधन गर्न सकिने उनको भनाइ छ । बास्कोटाले भने, राजनीतिक मैदान नै खाली छ, जता पट्टा खेलेपनि हुन्छ ।’