एजेन्सी । गूगलले आफ्नो गूगल प्लस सेवा बन्द गर्ने भएको छ । २ अप्रिल २०१९ देखि गूगलले सो सेवा बन्द गर्न लागेको हो ।
गूगलले गूगल मेलका माध्यमबाट यो खबर युजर्सलाई पठाएको छ ।‘ गूगल प्लस सेवा २ अप्रिल २०१९ देखि बन्द गरिंदै छ र त्यसको कन्टेन्ट डिलीट गर्न शुरु गरिने छ , यो मेल तपाइहरुलाई याद दिलाउन पठाइएको हो’ मेलमा लेखीएको छ ।
गूगल प्लसमा भएका फोटो र भिडियोहरु डिलीट गरिने भएका छन्, गुगलले जानकारी दियो । गूगलले आर्काइव गरेको फोटो वा भिडियो डाउनलोड गर्न आग्रह समेत गरेको छ । गूगलका अनुसार ३१ मार्च भन्दा पहिले फोटो तथा भिडियो डाउनलोड गरी सक्नु पर्ने छ । तर, जीमेल, गूगल फोटा, गुगल ड्राइव या युट्युव बिना समस्या चल्नेछन् ।