नेपाली युवकसँग बिहे गर्दै श्रद्धा कपुर

shardha
लाेकपाटी न्यूज
0 Shares

मुम्बई, ८ चैत । बलिउड नायीका श्रद्धा कपुर नेपाली युवकसँग विवाह बन्धनमा बाँधिने भएकी छिन् । ‘आसिकी गर्ल’ को नामले परिचित नायीका कपुर आउँदो वर्ष आफ्ना प्रेमी रोहन श्रेष्ठसँग बिहे गर्ने भएकी हुन्।

भारतीय मिडियाका अनुसार श्रद्धा र रोहनको परिवारले उनीहरुको बिहेको तयारी समेत थालेको छ। अनुष्का शर्मा– बिराट कोहली, प्रियङ्का– निक, दिपिका–रणवीर, सोनम–आनन्द आहुजापछि अब श्रद्धा र रोहन बैवाहिक जीवनमा बाँधिन लागेका हुन्। श्रद्धाको शाहो, चिचरी र स्ट्रिट डान्सर नामक फिल्म प्रदर्शनको क्रममा छन्। शक्ति कपुरकी छोरी श्रद्धा अभियनका साथै गायन कलाबाट पनि चर्चामा आउने गरेकी छिन् ।

श्रद्धाका प्रेमी रोहन पेशाले फोटोग्राफर हुन्। उनले खिचेका तस्वीरहरु विभिन्न पत्रिकामा छापिँदै आएका छन । ३४ वर्षीय रोहन मुम्बई र न्यूयोर्कमा बस्छन्। उनी प्रसिद्ध फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन्। श्रद्धा र रोहनबीच दुई वर्षको मात्र फरक छ । अघिल्लो वर्षदेखि नै उनीहरुले प्रेम सम्बन्धमा छन् । पिताबाट फोटोग्राफी सिकेका रोहनले बलिउडका ‘मै हुँ’ भन्ने सेलिब्रेटीहरुको फोटो खिच्दै आएका छन्।

उनले आफ्नो वेभसाइटमा प्रेमिका श्रद्धा कपुरको मात्र नभएर बलिउड र खेल जगतका हस्तीहरुको फोटो राखेका छन्। उनीहरुको विवहाको हल्लासँगै केही मिडियाहरुले भने दुईबीच सम्बन्ध राम्रो नरहेको समेत टिप्पणी गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्