माथिल्लो तामाकोशी मङ्सीरभित्र ल्याउछाैं : वर्षमान पुन

Barshaman pun
लाेकपाटी न्यूज

दोलखा, ९ चैत । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले माथिल्लो तामाकोशी जलविद्युत समयमै ल्याउने घोषणा गरेका छन् । उनले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निरीक्षणका क्रममा मङ्सीरभित्र उक्त ल्याउने घोषणा गरेका हुन् ।

उर्जामन्त्री पुन दोलखाको विगु गाँउपालिकामा निर्माणाधिन ४ सय ५६ मेगावाट क्षमता भएको तामाकोशी जलविद्युत आयोजनाको अवस्थाको वारेमा जानकारी लिन शुक्रवार सांझ दोलखा पुगेका हुन् । मन्त्री पुनले राष्ट्रिय गौरवको रुपमा रहेको तामाकोशी जलविद्युत आयोजनालाई समयमै ल्याउन पहल गर्दै आएका छन् ।

उनले शनिवार विहान आयोजनाको बांधस्थल, सुरु¨, माथिल्लो पेनस्टक र तल्लो पेनिस्टकको अवस्थाको बारेमा फिल्डमै पुगेर समेत जानकारी लिए । उनले करिव ३ घण्टा आयोजना स्थलकै निरीक्षण गरेर बिताएका थिए । उनले आयोजनाको अनुगमन,निरीक्षण र समस्याको समाधान गर्न र सहजीकरणको लागी आफु प्राधिकरण र आयोजनाका उच्च पदस्थ अधिकारीसहित फिल्डमै आएको बताए ।

उनले आयोजना प्रमुख दिनेशजंग राना र प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठसंग समेत आयोजनाको प्रगतीको बारेमा जानकारी समेत लिएका छन् । मन्त्री पुन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंग, राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्ण ओलीसहित आयोजनास्थल पुगेका हुन् । उनले तोकिएको समयमा तामाकोशी जलविद्युत आयोजना ल्याउनुपर्ने भन्दै त्यसमा गम्भिर भएर काम गर्न समेत निर्देशन दिए ।

यसअघि आयोजनामा समस्या देखिएपछि उहांले उर्जामन्त्रालयका सचिव, प्राधिकरणका कार्यकारी निर्देशक,आयोजना प्रमुख र टेक्सम्याको निर्माण कम्पनीका प्रतिनिधीसंग छलफल गरेर उनले आयोजना तोकिएको समयमै ल्याउन निर्देशन दिएका थिए । मन्त्री पुनले आयोजनाको काम अघि नबढे ठेक्का समेत तोड्ने चेतावनी समेत दिएका थिए ।

उर्जामन्त्री पुनले ४ सय ५६ मेगावाट क्षमता भएको माथिल्लो तामाकोशी जलविद्युत आयोजना आगामी मंसिर भित्र सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्