निर्मला बनिन् संसदकी पहिलो महिला सह-सचिव

Nirmala
लाेकपाटी न्यूज

काठमाडौं, ९ चैत । संसदको पहिलो महिला सह-सचिवका रुपमा निर्मलादेवी लामिछाने प्रवेश गरेकी छिन् । संसद सेवाकै लागि यो एउटा नयाँ इतिहास रचिएको छ ।

नेपालको संसदीय इतिहासमा महिला सह-सचिव अहिले सम्म कोहिपनि भएको थिएन । हाल बहाल रहेका १३ जना पुरुष सह-सचिवहरुको समूहमा निर्मला थपिएकी छन् । उनी आईतबारबाट पदभार ग्रहण गर्ने संघीय संसद सचवालयले जनाएको छ । गोरखा पालुङटारकी निर्मलाले २०६६ सालमा शाखा अधिकृत भएर निजामती सेवामा प्रवेश गरेकी हुन् । लामिछाने ०७१ सालमा उप-सचिव र अहिले ७५ सालमा सह-सचिव बनेकी हुन् ।

नागरिकतालाई आधार मान्ने हो भने उमेरले उनी ४२ वर्षकी भईन् । निजामती सेवामा प्रवेश गरेको १० वर्ष भयो । त्यसअघि ७ वर्ष शिक्षण पेशा अँगालेकी उनले फेरी बाटो अलिकति मोडिन् । निजामतीबाट संसद सेवामा प्रवेश गरिन् । संसद सेवामा बढुवासहित उनको प्रवेश उनका लागि त खुसीकै कुरा हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्