कक्षा १२ का विद्यार्थीलाई बिदाइ

बिदाइ
लाेकपाटी न्यूज
0 Shares

घोराही, १० चैत्र । घोराही उपमहानगरपालिका वडा नं १५ मा रहेको विद्यानिलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच बिदाइ गरिएको छ । बिदाइ तथा शुभकामना आदानप्रदान कार्यक्रम कक्षा ११ का विद्यार्थीहरुद्वारा आयोजना गरिएको थियो ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनको प्रमूख आतिथ्यता, एवम् विद्यालयका प्रधानाध्यापक शरद कुमार शर्माको विशिष्ट आतिथ्यता र विद्यालयका सम्पुर्ण शिक्षकहरुको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको उत्घाटन प्रमूख अतिथि समेत रहनुभएका नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनले गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमूख अतिथि प्रियासनले आफ्नो रुचि चाहाना अनुसार गरे सबै काम सम्पन्न हुने र शिक्षाले मानिसलाई हरेक परिस्थितिमा उत्प्रेरित गर्ने भएकाले शिक्षालाई निरन्तरता दिनुपर्ने बताए । कार्यक्रमका विशिष्ट अतिथि एवम् विद्यालयका प्रधानाध्यापक शरद कुमार शर्मा लगायत अन्य अतिथिहरुले शुभकामना मन्तव्य राखे कार्यक्रममा बोल्नेहरुले शिक्षालाई मध्यनजर राखी बिदाइ भएर जाने विद्यार्थीहरुको उज्वल भविष्यको कामना समेत गरे ।

बिदाइ तथा शुभकामना आदान प्रदान कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु पनि राखिएका थिए ।

कार्यक्रममा बिदाइ भएर जाने कक्षा १२ का छात्रा बसन्ता भण्डारी लगायतले आफ्नो बिदाइ मन्तव्य राखेकी थिइन् । कक्षा ११ मा अध्ययनरत छात्रा किरण डाँगीको सभापति एवम कक्षा ११ का छात्र शुशिस घर्ति मगरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण लक्ष्मण वि.कले गरेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्