अन्जु पन्त र महेश सेवाको पत्र सार्वजनिक

patra
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ११ चैत । सुमधुर स्वरकी धनी गायिका अञ्जु पन्त र महेश सेवाको स्वर रहेको लेख्नै परे बोलको गीतको म्युुजिक भिडियो सार्वजनिक भएको छ । अञ्जु पन्त र महेश सेवाको सुन्दर आवाज र कवि तथा गीतकार सुरेन्द्र महर्जन अमर को मीठो र उत्कृष्ट शब्द छनोट रहेको सो म्युजिक भिडियोमा अविदले उत्कृष्ट संगीत भरेका छन् ।

अन्जु पन्तको स्वरमा रहेको गीतको म्युजिक भिडियोमा आयुशी, विकास र राजको अभिनय रहेको छ । भिडियो निर्देशन सरोज श्रेष्ठको रहेको छ भने महेश सेवाको स्वरमा रहेको गीतमा अन्जन र सरुको अभिनय रहेको छ । भिडियोको निर्देशन रोशन कुमारले गरेका छन् ।

प्रेममा परेपछि लेख्नै पर्ने नलेखी मन शान्त नहुने । जो कोहीलाई पनि प्रेममा परेपछि लेख्नै पर्ने एउटा प्रेम पत्र कागजमा होस् या हृदयमा लेख्नै पर्ने रहेछ भन्ने गीतको भाव रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्