वृद्धवृद्धाका लागि नयाँ प्याकेज ल्याउँछौं : रेनु दाहाल

Renu
लाेकपाटी न्यूज

चितवन, १३ चैत। भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आफ्नी दिदि ज्ञानु दाहालको स्मृतिमा धार्मिक क्षेत्र देवघाटधामको रोटरी करुणालयमा आश्रीत वृद्ध बुबाआमालाई एक छाक भोजन गराएकी छिन्।

क्यान्सर रोगका कारण मुत्यु भएकी आफ्नी दिदिको पाचौँ स्मृतिमा मेयर रेनु बुधबार आफै आश्रममा पुगेर खाना खुवाउनुका साथै वृद्धवृद्धाहरुको समस्याका बारेमा बुझेकी थिइन्। सो अवसरमा मेयर दाहालले वृद्धवृद्धाहरुका लागि महनगरले छिटै नयाँ प्याकेज घोषण गर्ने तयारी गरेको बताइन्।

अनिर्वाय रुपमा बुबाआमाले हरेक छोराछोरी हेला गरे महानगरको सुविधामा रोक लगाउने बारेमा छलफल भएको समेत जानकारी गराईन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्