मोदीकाे पहिलाे सम्बाेधन जम्मु काश्मिरबाट…

modi
लाेकपाटी न्यूज

काठमाडौं, १४ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आजबाट चुनावी प्रचार अभियान लाग्ने भएका छन् । मोदीले जम्मु काश्मिरबाट चुनावी अभियान थाल्ने भारतीय जनता पार्टी (भाजपा) ले जनाएको छ ।

भाजपा महासचिवको भनाइ उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुमा ‘प्रधानमन्त्री मोदीले बिहीबारदेखि चुनाव प्रचार अभियान सुरू गर्नुहुनेछ, र अभियानका लागि उहाँ जम्मु काश्मिरमा आउने कार्यक्रम रहेको छ,’ लेखेका छन् । सन् २०१४ मा भएको निर्वाचनमा भाजपा जम्मु, उदामपुर र लाडाख गरी ३ सिटमा विजयी भएको भएको थियो । अहिले जम्मु र काश्मिरमा लोक सभा निर्वाचनका लागि पाँच चरणमा मतदान हुन लागेको छ । त्यहाँ अप्रिल ११ बाट मतदान सुरू भर्ई अप्रिल १८, २३, २९ र मे ६ का दिन मतदान हुनेछ ।

केही क्षेत्रीय पार्टीहरूले भने नगरपालिका र पञ्चायत निर्वाचन बहिस्कारको घोषणा गरेका छन् । तल्लो तहबाट नेता छनोट गर्ने प्रक्रिया मन नपराएर क्षेत्रीय पार्टीहरूले निर्वाचन बहिष्कार घोषणा गरेको भाजपाले जनएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्