काठमाडौं, १४ चैत। काठमाडौंमा एकै रातमा १८ टन धुलो संकलन भएको छ। काठमाडौं महानगरपालिकाका पाँच वटा बु्रमरले बुधबार राति १३ स्थानमा धुलो सफा गरेका थिए।
सुन्धारा, टूँडिखेल, रत्नपार्क, कान्तिपथ, जमल, प्रदर्शनीमार्ग, पुतलीसडक, माइतीघर, बानेश्वर, त्रिपुरेश्वर, टेकु, कालीमाटी, सोल्टिमोडसम्म सफा गर्दा १८ टन धुलो जम्मा भएको महानगरपालिका कार्य सञ्चालन शाखाले जनाएको छ।
सबैभन्दा धेरै धुलो रत्नपार्क, सुन्धारा, जमल, त्रिपुरेश्वर क्षेत्रका सडकबाट संकलन भएको थियो। यी क्षेत्रबाट डेढ टिप्पर धुलो संकलन भएको छ।
ब्रुमरको कमाल : एकै रातमा १८ टन धुलो संकलन
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्