भारतकाे क्षेप्यास्त्र प्रक्षेपणले पाकिस्तानमा तरङ्ग

india
लाेकपाटी न्यूज

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अन्तरिक्षमा एन्टिस्याटलाईट मिसाइल (एएसएटी) भनिएको भूउपग्रह प्रतिरोधी क्षेप्यास्त्रको प्रक्षेपण गर्ने सफल राष्ट्र मध्ये एक भएको घोषणा गरका छन् ।

यो घोषणासँगै छिमेकी राष्ट्र पाकिस्तानमा तरंग पैदा गरेको छ । उक्त धोषणासँगै पाकिस्तान लगायत अन्य छिमेकी मुलुकका भूउपग्रहहरूका लागि भारत खतरा बन्दै गएको मानिएको हो । तर, मोदीले सम्बोधनका क्रममा उक्त परीक्षण कुनै पनि किसिमको अन्तर्राष्ट्रिय नियम नतोडिकनै सम्पन्न गरिएको घोषणा गरेका थिए । पाकिस्तानले पनि उसको अन्तरिक्षसँग सम्बन्धित कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि नै रहेको बताउँदै आएको छ ।

विश्लेषकहरूले भने उक्त परीक्षण मार्फत भारतले आफूहरूसँग युद्धका लागि थप एउटा हतियार रहेको र युद्ध अन्तरिक्षसम्म पुगिसकेको छ भन्ने सङ्केत दिएको बताउँछन् । भारतको तुलनामा पाकिस्तानको अन्तरिक्षसँग सम्बन्धित कार्यक्रम सीमित छ । तर, भारतको घोषणासँगै यस विषयमा पाकिस्तानले सोच्नुपर्ने अवस्था सृजना भएको छ ।

पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको एउटा वकतव्यमा समेत नयाँ हतियारबारे उसको चिन्ता देख्न सकिन्छ ।इस्लामाबादले आफू अन्तरिक्षसँग सम्बन्धित हतियारको दौडकोविरुद्धमा रहेको बताउँदै यस्तो दौडमा सामेल हुने वा नहुने भन्ने विषय भने कठिन प्रश्न रहेको टिप्पणी गरेको छ । पाकिस्तानका एकजना विश्लेषकले अन्तरिक्ष मानवजातिको साझा सम्पत्ति भएका कारण त्यहाँ हुनसक्ने सैन्य क्रियाकलापबाट जोगिनुपर्ने सबैजनाको जिम्मेवारी रहेको बताएका छन्।

पाकिस्तानले सन् १९६१ मा अन्तरिक्ष परियोजना सुरु गरेको थियो । उक्त परियोजनाअन्तर्गत पाकिस्तानले स्पेस एण्ड अपर एटमोस्फियर रिसर्च कमिसन गठन र्गयो जसको नारा शान्तिका लागि अन्तरिक्ष अनुसन्धान रहेको छ ।
उक्त सङ्गठनले चिनियाँ सहयोगमा केही भूउपग्रह अन्तरिक्षमा पठाएको छ । स्पेस एन्ड अपर एटमोस्फियर रिसर्च कमिसनका अनुसार पाकिस्तानले सन् २०११ देखि २०४० बीचमा पाँचवटा भूउपग्रह अन्तरिक्षमा पठाउने योजना रहेको बताएको छ ।

पाकिस्तानका तत्कालीन प्रधानमन्त्री यूसुफ रजा गिलानीले उक्त योजना अनुमोदन गरेका थिए । सरकारी अधिकारीहरूका अनुसार उक्त स्याटेलाइटको मुख्य उद्देश्य भनेको भूविज्ञान, पर्यावरण, सञ्चार र कृषि जस्ता क्षेत्रमा अनुसन्धान गर्नु हो । विश्लेषकहरूका अनुसार त्यस्ता भूउपग्रहले अनुसन्धान मात्र नभएर सैन्य कारबाहीका लागि समेत प्रयोग गर्न सकिने भए पनि पाकिस्तानले हालसम्म अन्तरिक्षमा न कुनै हतियार पठाएको छ न त अन्तरिक्षमा प्रहार गर्नसक्ने खाले कुनै क्षेप्यास्त्र बनाएको छ ।

भारतले भूउपग्रहमा क्षेप्यास्त्रको सफल परीक्षण सम्पन्न गरेसँगै पाकिस्तानका प्रवक्ताले यस्ता घटनाबारे चासो देखाउँदै आएका मुलुकहरू एकजुट भएर अन्तरिक्षमा हुनसक्ने सैन्य खतरालाई कसरी हेर्ने भन्ने विषयमा अभियान चलाउनका लागि अमेरिका जाने विश्वास व्यक्त गरेका छन् । अन्तरिक्षमा हुने सैन्य तयारीले जमिनमा रहेको सैन्य बललाई समेत फाइदा र्पुयाउन सक्ने हुँदा यसले सैन्य सन्तुलन बिगार्न सक्ने विश्लेषकहरूको भनाइ छ ।

यस्तो अवस्थामा पाकिस्तानलाई पछि हट्न स्वीकार्य नहुन सक्छ । इस्लामाबादका सुरक्षाकर्मीहरूका अनुसार भारतले अन्तरिक्षमा गरेको सैन्य तयारी पाकिस्तान भन्दा चीनतर्फ लक्षित छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्