दोहोरो झडपमा परी सात प्रहरी मारिए

Afganisthan ladaku
लाेकपाटी न्यूज

कलात, १४ चैत। अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा तालिबान लडाकू समूह र सुरक्षाकर्मीबीच बिहीबार भएको दोहोरो झडपमा परी कम्तीमा सात प्रहरी मारिएका छन। प्रान्तीय परिषदका प्रमुख आता जान हक्बायनले उक्त जानकारी दिनु भएको छ।

 

जाबुल प्रान्तको सिआरी जिल्लामा उक्त झडप भएको बताइएको छ।अफगानिस्तानमा सन २०१४ को डिसेम्बरबाट ‘अफगान युद्ध’ सकिएको घोषणा गर्दै नेटोआवद्व प्रायःसंयुक्त सेनाले अफगानिस्तान छोड्योपछि अफगानिस्तानको सुरक्षाको सम्पूर्ण जिम्मा अफगान सुरक्षा बलमाथि आएको थियो।

 

यसपछि अफगान सुरक्षा बलको हताहत सङ्ख्या बढेको पाइन्छ। अफगानिस्तानमा तालिबान आतङ्ककारी समूहले अफगान सुरक्षा बल र सरकारी अधिकारी लक्ष्य गरी बारम्बार आक्रमण गर्दै आएका छन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्