अब रोबर्टले फैसला गर्ने, न्यायाधीशको काम के ?

Law
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं। आधुनिक समाजको विश्वासको भरोसा केन्द्र मानिने अदालतमा अब रोबोटले फैसला सुनाउने भएको छ।

युरोपीयन मुलुक एस्टोनियामा तयार पारिएको रोबो जजले अदालतका मुद्दा फैसला गर्ने भएको हो। यो समाचारलाई निकै रोचकताका साथ हेरिएको छ, विश्वभरि विभिन्न प्रतिक्रिया आइरहेका छन्।

लामो समयसम्म थन्किएर रहने मुद्दालाई व्यवस्थित गर्दै उक्त रोबोटले फैसला नै गर्ने छ। तर, उक्त रोबोटको फैसलाबाट चित्त नबुझेको खण्डमा मानव न्यायाधीशको फैसला माग गर्न सकिने छ।

यस्तै उक्त रोबोटलाई कानूनी भाषा र दस्तावेजमा अभ्यस्त बनाउन तालिम समेत दिएको बताइएको छ । रोबोटले फैसला नै सुरु गरिसकेको भने छैन । तर, यसका लागि तयार रहेको मिडियाले जनाएका छन्।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार आगामी महिनामा उक्त रोबोटले काम सुरु गर्नसक्ने छ। एस्टोनियाको यो प्रयोग सफल भएमा अदालतमा हुने भ्रष्टाचार पनि शून्यमा झर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्