शुक्रबार सुनचाँदीको भाउ घट्यो

Gold01
लाेकपाटी न्यूज
0 Shares

काठमाण्डौ,१५ चैत। सुनको भाउ शुक्रबार तोलामा ६ सय रुपैयाँ घटेको छ । सुनको भाउ शुक्रबार तोलाको ५९ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन तोलाको ६० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ घटेकाले नेपाली बजारमा पनि सस्तो भएको हो।  बिहीबार प्रति औंस १३ सय ११ डलरमा कारोबार भएको सुनको भाउ शुक्रबार २० डलर घटेर प्रति औंस १२ सय ९१ डलरमा झरेको हो ।

यस्तै चाँदी पनि शुक्रबार तोलामा ५ रुपैयाँ घटेको छ। चाँदी शुक्रबार तोलाको ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 29

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 34

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्