उर्मिलाले पाइन कांग्रेसबाट टिकट

urmila-rahul
लाेकपाटी न्यूज

मुम्बई, १५ चैत । कांग्रेस आइ पार्टीले बलिउड अभिनेत्री उर्मिला मातोण्डकरलाई लोकसभा चुनावको उम्मेदवार चयन गरेको छ ।

दुई दिन पहिले बलिउड अभिनेत्री उर्मिलाले कांग्रेस आइ पार्टीबाट टिकट पाएकी हुन् । उर्मिला उत्तरी मुम्बईबाट कांग्रेस उम्मेदवार बन्नेछिन् । २७ फब्रअरीमा कांग्रेस अध्यक्ष राहुल गान्धीसँग भेटघाटपछि उर्मिलाले पार्टीको सदस्यता लिएकी थिइन् । कांग्रेस प्रवेश गर्नुको कारण बताउदै उर्मिला भनेकी थिइन्, ‘केटाकेटीदेखि नै मलाई महात्मा गान्धी, पण्डित जवाहर लाल नेहरू र सरदार वल्लभ भाई पटेलको विचारोले प्रभावित गरेको छ । यसैले कांग्रेसमा जाने निर्णय गरे । ’ साथै उर्मिलाले आफ्नो बाकी जीवन राजनीतिमै विताउने बताइन् ।

टिकटपाएसँगै उनले भाजपामाथि निशाना साध्दै संविधानमाथि प्रहार भैरहेको बताएकी छन् । उनले टिकट पाएको क्षेत्र उत्तरी मम्बईको सीटमा भारतीय जनता पार्टी र शिवसेना दबदबा रहेको छ । त्यसैले कांग्रेसको सधै यहाँ कडा प्रतिस्पर्धा हुने गरेको छ । अघिल्लो चुनावमा सो क्षेत्रमा कांग्रेसका संजय निरूपम चुनावी मैदानमा उत्रिएका थिए । निरूपमले भाजपाका सांसद गोपाल शेट्टीसँग भारी मतान्तरले हारेका थिए ।

मुम्बईको ६ लोकसभा सीटका लागि चौथो चरण २९ अप्रिलमा मतदान हुनेछ । उर्मिला मातोन्डकरको प्रतिस्पर्धा सोहि क्षेत्रबाट जितेका भाजपा सांसद गोपाल शेट्टीसँग हुनेछ । शेट्टीले २०१४ मा मोदी लहरका कारण सो सीटमा संजय निरूपमलाई हराएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्