नेपाल लगानीका लागि योग्यः अर्थमन्त्री डा.खतिवडा

youbaraj khatiwada
लाेकपाटी न्यूज

काठमाडौं, १५ चैत । सरकारले ऊर्जा, भौतिक पूर्वाधार, कृषि, पर्यटन लगायत क्षेत्रमा लगानी गर्न विकश्वभरका लगानीकर्तालाई आह्वान गरेको छ । काठमाडौंमा शुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले राजनीतिक रुपमा सहज वातावरण बनेको, तीनवटै तहका सरकार समेत गठन भएको उल्लेख गर्दै प्रक्रियागत तथा संस्थागत सुधार एवं अन्य संरचना समेत नयाँ बनाइएकाले पनि नेपाल लगानी योग्य राष्ट्र बनेको बताए।

नेपालले नयाँ यात्रा शुरु गरेको भन्दै घरेलु तथा बाह्य लगानीकर्तालाई समेत सहज एवं सरल वातावरण बनेको उनको भनाइ थियो। सहज करका दर तयार पारिएको, लगानीकर्ताको हितलाई ध्यानमा राखेर हालै मात्र नयाँ कानून तयार गरिएको, चीन र भारत जस्ता ठूला देशकोबीचमा रहेका कारण पनि ठूलो बजारको सम्भावना भएको भन्दै उनले लगानी गरी उच्च प्रतिफल हासिल गर्न आग्रह गरे।

विदेशी लगानीकर्ताले जुन क्षेत्रमा लगानी गर्न चाहन्छन, सोही क्षेत्र उपलब्ध गराउन आफू तयार रहेको भन्दै अर्थमन्त्री डा खतिवडाले स्थायी सरकार, नीतिगत तथा संरचनागत सुधार गरी लगानीकर्तालाई सहज वातावरण बनाइएका कारण नेपाल लगानीका लागि योग्य रहेको दोहोर्याए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्