एशियाबाहिर विजुलीको बजार खोज्दैछौं : वर्षमान पुन

Barsamanpun
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १५  चैत । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले एशिया बाहिर पनि विद्युत बजार खोजिरहेको बताएका छन् ।

उनले भन ‘हामी सार्क मुलुकमा मात्रै होइन, अन्य देशहरुमा पनि विद्युत बजार खोजिरहेका छौं ।’ शुक्रबारबाट शुरु भएको लगानी सम्मेलनको उर्जा सम्बन्धी सत्रमा बोल्दै अन्तरदेशीय प्रसारण लाइन सरकारको प्राथमिकतामा रहेको बताए । मन्त्री पुनले आगामी पाँच वर्षमा नेपालका शतप्रतिशत जनतामा विद्युत पुग्ने भन्दै आफुहरुको मुख्य उद्देश्य नै उर्जामा निजी लगानी भित्र्याउने भएको बताए ।

अबकाे केही वर्षमा नेपालको विद्युत उत्पादन बढ्दै जाने भएकाले वाहृय बजारको खोजि भइरहेको उनले बताए । आन्तरिक माग पूर्ति भएपछि विद्युत निर्यात गर्नेगरी छिमेकीसहित अन्य मुलकमा पनि नेपालले छलफल अघि बढाइरहेको उनको भनाइ छ । आर्थिक रुपान्तरणका लागि नेपालको उर्जा क्षेत्र महत्वपूर्ण भएको उनको भनाइ छ । उनले भने, ‘यसले समृद्ध नेपाल, सुखी नेपालीको नारा पूरा गर्न मद्दत गर्छ ।’

आजबाट होटल शोल्टीमा शुरु भएको सम्मेलन भोलि पनि जारी रहनेछ । सम्मेलनमा ४० देशका उच्च स्तरीय प्रतिनिधिमण्डल लगायत ६०० भन्दा बढी विदेशी लगानीकर्ता सहभागी छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्