शाहरुखकाे पार्टीमा आमिरले घरबाटै खाना बोकेर गएपछि…

amir
लाेकपाटी न्यूज

मुम्बई, १५ चैत । आमिरले शाहरुखले आयोजना गरेको पार्टीमा आफूले घरबाटै खाना बोकेर गएको एउटा रोचक प्रसंग सुनाएका छन् ।

उनले हालै एक कार्यक्रममा शाहरुखको पार्टीमा घरबाटै खाना बोकेर गएको बताएका हुन् । पार्टीमा सहभागी हुन शाहरुखको घर पुगेका आमिरले घरबाटै खाना लिएर गएका थिए । ‘जब म शाहरुखको घर पुगेँ, मैले आफ्नो खाना आफैँ लिएर गएको थिएँ, म सत्य बोलिरहेको छु’ आमिरले भने । आमिरलाई खानाका लागि सोध्दा उनले भने, ‘म खाना खान्छु तर मैले आफैँ टिफिनमा खाना ल्याएर आएको छु किनकि म निकै कठोर डाइट गरिरहेको छु ।’ त्यतिबेला आमिर दंगल फिल्ममा काम गरिरहेका थिए ।

बलिउडका दुई सुपरस्टार साहरुख खान र आमिर खान अहिले आफ्नो कामलाई लिएर खुसी मनाइरहेका छन्। दुवैका पछिल्ला फिल्मले औसत व्यापार गरे पनि बलिउडमा उनीहरुको चर्चामा कुनै कमी आएको छैन् ।

एप्पल कम्पनीका कार्यकारी निर्देशक टिम कुक भारत आएको बेला उनको सम्मानमा शाहरुखले घरमा रात्रि भोजको आयोजना गरेका थिए । जहाँ आमिरलाई पनि निम्ता गरिएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्