आईएफसीकाे प्रतिवद्धता : ‘नेपालमा एक अर्ब डलर लगानी गर्छाैं’

Hans pitter
लाेकपाटी न्यूज

काठमाडौं, १६ चैत । इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी)ले नेपालमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिवद्धता जनाएको छ ।

विश्व बैंक समूह अन्तर्गतको संस्था आईएफसीका उपाध्यक्ष ह्यान्स पिटर ल्याकेजले शनिबार नेपालको लगानी सम्मेलनमा बोल्दै नेपालमा लगानीका लागि चार वर्षको योजना बनाएको बताए । आइएफसीले आगामी चार वर्षको लक्ष्य लगानीको योजना बनाएको र एक अर्ब डलर लगानी गर्न सक्ने उनले जानकारी दिए । पिटरले निजी क्षेत्रमा प्रतिस्पर्धात्मक खुबी आवश्यक रहेको भन्दै निजी क्षेत्र वैदेशिक पुँजी र विज्ञता भित्र्याउन तत्पर र प्रतिवद्ध रहनुपर्नेमा जोड दिए ।

ठूला परियोजनाले रोजगार बढाउने भन्दै उनले त्यस्ता परियोजनामा ध्यान दिन नेपाल सरकारको ध्यानाकर्षण गराए । विदेशी लगाउन भित्र्याउने उद्देश्यले लगानी सम्मेलन शुक्रबारदेखि सुरू भएको हो । काठमाडौंको होटल सोल्टीमा आयोजित सम्मेलनको प्रधानमन्त्री ओलीले उदघाटन गरेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्