उपराष्ट्रपति दोस्तममाथि सांघातिक आक्रमण

Abdul rasid
लाेकपाटी न्यूज

काठमाडौं,१६ चैत। अफगानिस्तानका उपराष्ट्रपति अब्दुल राशिद दोस्तममाथि बल्ख प्रान्तमा तालिवानले सांघातिक आक्रमण गरेको छ। आक्रमणमा उनी बच्न सफल भएका छन् । उपराष्ट्रपति दोस्तमका एक अंगरक्षकको भने मृत्यु भएको छ।घटनामा दुईजना अंगरक्षक घाइते भएका छन्। उपराष्ट्रपति दोस्तममाथि यो दोश्रो आक्रमण हो।

यसअघि गत जुलाईमा काबुल विमानस्थलमा भएको आत्मघाती बिस्फोटमा उनी बच्न सफल भएका थिए ।सन् २०१४ देखि राजनीतिमा प्रवेश गरेका दोस्तम विवादास्पद छवी भएका नेताका रुपमा चिनिन्छन्। उनीमाथि आफना प्रतिस्पर्धी नेताहरुको अपहरण,बलात्कार जस्ता अपराधमा संलग्न रहने गरेको आरोप लाग्ने गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्