काठमाडौं,१७ चैत। प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको संसदीय सुनुवाइ प्रक्रिया आज मध्यान्न हुदै छ।थपलियाको सुनुवाइ प्रक्रिया अगाडि बढाउनका लागि संघीय संसदीय सुनुवाइ समितिले आइतबार मध्यान्न बैठक बोलाएको छ। आजको बैठकले थपलियाविरुद्ध उजुरी आह्वान गर्न सक्ने समितिले जनाएको छ।
गत ११ गते बसेको संवैधानिक परिषदको बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्तमा थपलियालाई नियुक्तिको सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समितिका अनुसार आइतबार नै समावेशी आयोगको सदस्यमा नियुक्तिका लागि प्रस्तावित विष्णुमाया ओझाविरुद्ध पनि उजुरी आह्वान गर्ने तयारी छ । गत ११ गते नै बसेको संवैधानिक परिषदको बैठकले समावेशी आयोगको सदस्यमा ओझालाई नियुक्त गर्न सिफारिस गरेको थियो।