सम्पादक बस्नेत सिको चाइनाको पहिलो आधिकारिक प्रतिनिधि नियुक्त

sico-1
लाेकपाटी न्यूज
0 Shares

काठमाडाैं, १७ चैत्र । नेपाल आउटलाईन डटकमका सम्पादक शैलेन्द्र बस्नेत सिल्क रोड इन्टरनेसनल कल्चरल इकोनोमिक्स एण्ड ट्रेड कोअपरेसन कम्युनिकेसन अर्गनाइजेसन (सिको) को पहिलो नेपाल प्रतिनिधिको रुपमा नियुक्त भएका छन् ।

बस्नेतलाई सिकोका महासचिव होङ होङले शनिबार काठमाडौंमा आधिकारिक नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । यससँगै बस्नेतले सिकोको आधिकारिक प्रतिनिधिको रुपमा काम गर्नेछन् ।

सिको चीन सरकारको राष्ट्रिय रणनिती अन्तगर्तको ‘वन बेल्ट वन रोड’ परियोजनाको लक्ष्य प्राप्तिका लागि सबैभन्दा प्रभावशाली गैरसरकारी संगठन हो । सिको अन्तर्गत हाल विश्वभर विभिन्न कार्यक्रम सञ्चालनमा छन् । सिल्क रोड परियोजना सन् २०१३ मा चीनका राष्ट्रपति सि जिपिङले पहिलो पटक अघि सारेको रेशम मार्ग आर्थिक करिडोर हो । २१ आंै शताब्दीको सबैभन्दा ठूलो परियोजनाको रुपमा रहेको रेशम मार्ग चिनियाँ सरकारको सोच र कार्ययोजनाको रुपमा मार्च २०१५ मा बाहिर आइसकेको छ । यसका लागि सिल्करोड फन्ड अन्तर्गत ४० विलियन डलर र ब्क्ष्क्ष्द्य ९ब्कष्बल क्ष्लाचबकतचगअतगचभ क्ष्लखभकतmभलत द्यबलप० मार्फत १०० विलियन रकम जम्मा भइसकेको छ । यो योजना लचिलो, समावेशी र खुला योजनाका रुपमा अघि सारिएको छ ।

विश्वका करिब ६० देशहरु यसका संस्थापक सदस्य बनिसकेका छन् । युरोपकै बेलायत, जर्मनी, इटाली र फ्रान्स जस्ता देशहरु यसको सदस्य बन्न तयार हुनुले यसलाई निकै बलियो आधार प्रदान गरेको छ । नेपाल पनि सिल्क रोड परियोजनाको हिस्सेदारका रुपमा रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्