जनोदय कृषक वहुउद्देश्य सहकारीको साधारण सभा तथा अधिवेशन सम्पन्न

0

नवलपरासी, १६ असोज । जनोदय कृषक वहुउद्देश्य सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा तथा साताैं अधिवेशन होटल एटलस भुमहिमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष पदमराज वस्यालको अध्यक्षता रहेको कार्यक्रममा प्रमूख अतिथि तथा संस्थाका वरिष्ठ सल्लाहार घनश्याम ज्ञावालीले एउटै स्तरका सहकारीहरु छिट्टै मर्ज हुने क्रममा जनोदय कृषक सहकारी र भुमही दुग्ध सहकारी संस्था छिट्टै मर्ज हुनुपर्नेमा जोड दिए।

सोही अवसरमा विशिष्ट अतिथि दियालो कृषि सहकारी संस्थाका अध्यक्ष विमल ढकालले कृषकलाई व्यवसायिक बनाउन प्राविधिक तालिमको आवश्यकता रहेको र आफूले ३ महिने निशूल्क तालिम सञ्चालन गर्न तयार रहेको बताए।

२८८ जना शेयर सदस्यहरु संस्थाको कार्यक्रममा अध्यक्षको प्रतिवेदन संस्थाका अध्यक्ष पदमराज वस्याल, कोषाध्यक्षको प्रतिवेदन सुमित्रा खड्का र लेखाको प्रतिवेदन श्यामकला भण्डारीले प्रस्तुत गरेका थिए ।

अधिवेशनले पुरानै समितिलाई पुनः निरन्तरता दिएको छ । जसको अध्यक्षमा पदमराज वस्याल, उपाध्यक्षमा भगवती भण्डारी, सचिवमा सावित्रा लामिछाने, कोषाध्यक्षमा सुमित्रा खड्का चयन भएका छ ।

त्यस्तै, सदस्यहरुमा दण्डपानी गौतम,, डिल्ली कँडेल, वासुदेव चौधरी, शोभा कुमारी मगर र तारादेवी भण्डारी गरि ९ सदस्यीय चयन भएको छ । नवनिवार्चित समितिलाई शुभकामना संस्थाका व्यवस्थापक द्यातानन्द पाण्डेले दिएका थिए।

कार्यक्रमको उद्घाटन सत्रमा संस्थाका उपाध्यक्ष भगवती भण्डारीको स्वागत मनतव्य रहेकोे थियो भने कार्यक्रम सञ्चालन सावित्रा लामिछानेले गरेका थिए।

Comments
Loading...
You might also like